ग्रामीण सडक सञ्जाल सुधार आयोजना
ग्रामीण सडक सञ्जाल सुधार आयोजना (RCIP) कार्यान्वयनका लागि नेपाल सरकार र एशियाली विकास बैंक (ए.डि.बि.) बीच १२ फेब्रुअरी २०१८ मा सम्झौता भई कार्यान्वयनमा आएको।
आयोजना कार्यान्वयनका लागि १७ जिल्लाका ३१ वटा सडकहरुलाई १३ वटा प्याकेजमा विभाजन गरी ४०३.७३ कि.मी. सडकको लागि ठेक्का सम्झौता भई निर्माण कार्य अघि बढेकोमा हाल सम्म ३१७.०२ कि. मी. सडक कालोपत्रे भईसकेको।
१३ वटा ठेक्का प्याकेज मध्ये १० वटाको ठेक्का प्याकेज अन्तर्गतको सडक स्तरोन्‍नतिको कार्य सम्पन्‍न भई हाल त्रूटि सच्याउने अवधि (DLP) को चरण 3 वटा प्याकेज रहेको तथा Performance Based Maintenance (PBM) को चरण 7 वटा प्याकेज रहेको र १ वटा प्याकेज Terminate भई सो ठेक्काको बाँकी काम RCIP-AF मा नयाँ ठेक्का मार्फत कार्यन्वयन हुने भएको छ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजना (ए.एफ.)
RCIP दोस्रो चरणको रुपमा एशियाली विकास बैंकका तर्फबाट १०० मिलियन USD सहुलियत ऋण र नेपाल सरकारको २० मिलियन USD गरी कूल १२० मिलियन USD लागतको RCIP-AF आ.व. २०७९।८० बाट शुरु भएको ।
विकास साझेदार एसियाली विकास बैङ्कबाट ऋण स्वीकृत भई October 31, 2023 मा नेपाल सरकार र ए.डि.बि. बीच Loan signing तथा नेपाल सरकार, ए.डि.बि. र पाँचवटा प्रदेशका सरकार बीच Project Agreement भएको।
RCIP-AF कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशका २४ वटा सडकको जम्मा ३२४ कि.मि कालोपत्रे स्तरमा स्तारोन्नति गर्ने लक्ष अनुसार ५ वटा प्रदेशमा स्थापना भएका आयोजना कार्यान्वयन इकाई मार्फत २२ वटा सडकको (३०० कि.मि) बोलपत्र आह्वान भई १५वटा (१९८ कि.मि) ठेक्काको सम्झौता सम्पन्न भएको छ।
३ वटा सडक Technical Evaluation को चरणमा रहेको र ४ वटा सडकको हालै Invitation for Bid (IFB) सुचना प्रकाशन भएको छ।।